सामान्य अंकले बढ्यो सेयर बजार, एक अर्ब १८ करोडको कारोबार – Janadesh Daily | ePaper

सामान्य अंकले बढ्यो सेयर बजार, एक अर्ब १८ करोडको कारोबार


बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ९.२५ अंकले बढेर एक हजार ९६७.९७ विन्दुमा पुगेको छ ।

विकास बैंक २२, फाइनान्स १७, होटल तथा पर्यटन ७८, जलविद्युत् २८, जीवन बीमा ५२, उत्पादन १६, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ६१, अन्य ४ र ब्यापार उपसमूह २३ अंकले बढेको छ । यस्तै, बैंकिङ ०.०७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि समता घरेलु लघुवित्त कम्पनीको सेयर साढे छ प्रतिशतले घटेको छ ।

यस दिन २८४ कम्पनीको ४३ लाख २३ हजार कित्ता सेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्