११ अंकले घट्यो नेप्से, एक अर्ब १० करोडको कारोबार – Janadesh Daily | ePaper

११ अंकले घट्यो नेप्से, एक अर्ब १० करोडको कारोबार


बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ११.०४ अंकले घटेर एक हजार ९५६.९२ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक २८, फाइनान्स ८, होटल तथा पर्यटन ६१, जलविद्युत् १८, जीवन बीमा ६२, उत्पादन ४८, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ५२, अन्य ५ र व्यापार उपसमूह ४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको सेयर झण्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बाराही हाइड्रोपावर लिमिटेडको सेयर झन्डै साढे नौ प्रतिशतले बढेको छ ।

यस दिन २८० कम्पनीको ३५ लाख ६२ हजार कित्ता सेयर एक अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्