नेप्से २० अंकले घट्यो, १ अर्ब ७० करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से २० अंकले घट्यो, १ अर्ब ७० करोडको कारोबार


बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २०.१६ अंकले घटेर एक हजार ८७४.६० विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक ४५, फाइनान्स २३, होटल तथा पर्यटन १५१, जलविद्युत् ३२, जीवन बीमा १४१, माइक्रोफाइनान्स २७, उत्पादन ३३, निर्जीवन बीमा १४९, व्यापार उपसमूह १३ र अन्य उपसमहू ९ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सिटी होटलको सेयर नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज भगवती हाइड्रो, मध्य सोलु हाइड्रो र हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २९२ कम्पनीको ७५ लाख ५८ हजार कित्ता सेयर एक अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको प्रमोटर सेयर १६ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्