२३ अंकले घट्यो सेयर बजार, एक अर्ब २५ करोडको कारोबार – Janadesh Daily | ePaper

२३ अंकले घट्यो सेयर बजार, एक अर्ब २५ करोडको कारोबार


सोमबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २३.१६ अंकले घटेर एक हजार ८५१.४३ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक ३४, फाइनान्स २०, होटल तथा पर्यटन १००, जलविद्युत् ४०, जीवन बीमा ०.८३, माइक्रोफाइनान्स ५५, उत्पादन २९, निर्जीवन बीमा ८९, व्यापार उपसमूह ५५ र अन्य उपसमहू १० अंकले घटेको छ ।

आज सबैभन्दा धेरै यसपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सिद्धार्थ प्रिमीयर इन्स्योरेन्स लिमिटेडको सेयर झण्डै आठ प्रतिशतले बढेको छ ।

यस दिन २८४ कम्पनीको ४८ लाख ३७ हजार कित्ता सेयर एक अर्ब २५ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्