टिपरको ठक्करबाट बालकको मृत्यु – Janadesh Daily | ePaper

टिपरको ठक्करबाट बालकको मृत्यु


चन्द्रप्रकाश नेपाली,

दाङ । दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिपरले ठक्कर दिदा सोही ठाउँ निवासी ७ बर्षिय राकेश कुमालको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

भालुबाङ बाट लमहीतर्फ आउदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तिब्रगतीमा गुडेको टिपरले बालकलाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्