दशैँ मान्न घर फर्किनेको संख्या बढ्दो: २४ घण्टामा एक लाखले छोडे काठमाडौं – Janadesh Daily | ePaper

दशैँ मान्न घर फर्किनेको संख्या बढ्दो: २४ घण्टामा एक लाखले छोडे काठमाडौं


काठमाडौं । दशैँ मान्न पुर्ख्यौली थलो फर्किनेको संख्या दिनानु दिन बढ्न थालेको छ । काठमाडौंबाट बाहिर जाने नाकाहरुमा सवारी साधनको चाँप बढेको छ ।

दशैं मान्न कर्मथलो छोडेर पुर्ख्यौली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ ।

ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनादेखि आज बिहान ६ बजेसम्म ४ लाख ६५ हजार ९ सय ७७ यात्रुले उपत्यका छाडेका छन् । सो अवधिमा ७१ हजार ६ सय ६२ वटा सवारी साधन काठमाडौंबाट बाहिरिएका छन् । वितेको २४ घण्टामा मात्र झण्डै एक लाख मानिसले काठमाडौं छोडेका छन् ।

यो संख्या निरन्तर बढ्दो क्रममा छ । एसएसपी भट्टले भने ‘अस्ति भन्दा वितेको २४ घण्टामा काठमाडौं छोड्नेको संख्या झण्डै दोब्बर बढेको छ । यो संख्या आज र भोलि झनै बढ्छ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्