दोहोरो अंकले घट्यो सेयर बजार, ५७ करोडको कारोबार – Janadesh Daily | ePaper

दोहोरो अंकले घट्यो सेयर बजार, ५७ करोडको कारोबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १४.२९अंकले घटेर एक हजार ८६४.४० विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक ३१, फाइनान्स १३, जलविद्युत् १५, जीवन बीमा १४३, माइक्रोफाइनान्स २९, अन्य उपसमूह ३, ब्यापार ८, निर्जीवन बीमा ३, होटल तथा पर्यटन २०५ र उत्पादन उपसमूह ३१ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सोनापुर मिनिरल्सको सेयर झण्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज माहुली लघुवित्तको सेयर ६ प्रतिशतले बढेको छ ।

यस दिन २८६ कम्पनीको २२ लाख ५८ हजार कित्ता सेयर ५७ करोड १४ लाख रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्