चिरख्वा हाइड्रोपावरको आइपिओ बाँडफाँट – Janadesh Daily | ePaper

चिरख्वा हाइड्रोपावरको आइपिओ बाँडफाँट


चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा ८५ हजार ९३० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार आइपीओका कुल ११ लाख ३४ हजार ३१७ जनाले आवेदन दिएका थिए । जसमध्ये ११ लाख ३१ हजार ९३६ जनाको आवेदन स्वीकृत भएको थियो ।

चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको वेबसाइट, मेरो सेयर एकाउन्ट, चिरख्वा हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङ वेबसाइट https://iporesult.cdsc.com.np/ बाट रिजल्ट हर्न सक्नेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्