१० अंकल घट्यो नेप्से, ९६ करोडको कारोबार – Janadesh Daily | ePaper

१० अंकल घट्यो नेप्से, ९६ करोडको कारोबार


बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से १०.८६ अंकले घटेर एक हजार ८४७.७० विन्दुमा पुगेको छ ।

बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १७, जलविद्युत् २१, जीवन बीमा ३७, माइक्रोफाइनान्स २५, अन्य ९, ब्यापार ८१ र निर्जीवन बीमा उपसमू ९० अंकले घटेको छ । यस्तै, उत्पादन ३ र होटल तथा पर्यटन उपसमूह १९८ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सयपत्रि हाइड्रोपावर लिमिटेडको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज चन्द्रागिरी हिल्स लिमिटेडको सेयर ६ प्रतिशतले बढेको छ ।

यस दिन २८१ कम्पनीको ३७ लाख ४९ हजार कित्ता सेयर ९६ करोड ४४ लाख रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्