एसिसी यु–१९ एसिया कप: नेपालसामु २६२ रनको लक्ष्य – Janadesh Daily | ePaper

एसिसी यु–१९ एसिया कप: नेपालसामु २६२ रनको लक्ष्य


एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ ।

युनाइटेड अरब इमिरेटस् ९युएई० को दुबईमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । अफगानिस्तानले ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रन बनायो । अफगानिस्तानका लागि जाम्शिद जद्रानले शतकीय पारी खेले । उनने एक सय ५२ बल खेल्दै आठ चौकाको मद्दतमा एक सय ६ रनको योगदान दिए । यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले ४१ बल खेल्ने क्रममा पाँच चौका र तीन छक्का प्रहार गरे ।

यसैगरी राहिमुल्लाह जुरमातीले ३५, वाफिउल्लाह ताराखिलले १५ तथा खालिद तानिवालले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुभाष भण्डारीले दुई दुई तथा दीपेश कँडेल र आकाश चन्दले एक एक विकेट लिए ।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्म नेपालले सात ओभरमा दुई विकेट गुमाएर ३४रन बनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्