नक्कली आईडी बनाई सामाजिक सञ्जाल संचालन गर्नेको सख्यामा वृद्धिः साइबर ब्युरो – Janadesh Daily | ePaper

नक्कली आईडी बनाई सामाजिक सञ्जाल संचालन गर्नेको सख्यामा वृद्धिः साइबर ब्युरो


दैनिक ५० वटा नक्कली आइडी र फेसबुक ह्याकको उजुरी

दैनिक ५० वटा फेसबुक ह्याकको उजुरी

जनादेशडेली, काठमाडौँ । नक्कली आईडी बनाएर फेसबुक लगाएत विभिन्न सामाजिक सञ्जाल संचालन गर्ने संख्यामा उल्लेखनीय वृद्धि भएको साइबर व्युरोले जनाएको छ । नक्कली फेसबुकआइडी खोल्ने र झुठा समाचारहरु संप्रेसण गर्नेदेखि फेसबुक ह्याक गरी अश्लील भिडियो पोस्ट गर्ने घटनाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई निकै हैरानी बनाएको छ ।

पछिल्लो समयमा नक्कली फेसबुक आइडी बनाउँने र समाजमा प्रतिष्ठीत व्यक्तिको मानर्मदन हुनेगरी झुठा समाचार गर्ने, हनी ट्याप गर्ने, फिसिड., म्रफिड., फेसबुक ह्याक, साइबर स्ट्याक्लीड., अनलाइन ठगी, साइबर बुलिड. सम्बन्धी उजुरी बढेको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले जनादेशडेलीलाई बताए । उनले भने नक्कली आइडी बनाई सामाजिक सञ्जाल चलाउने र ह्याकिङ सम्बन्धी उजुरी बढेको छ ।’ आजभोलि दैनिक ५० वटा नक्कली आइडी र फेसबुक ह्याक सम्बन्धी उजुरी ब्युरोमा दर्ता हुने गरेको छ ।

प्रयोगकर्ताले फेसबुक अकाउन्ट खोलेर पासवर्ड बिर्सिने र रिकभरी गर्नका लागी आवश्यक इमेल आइडी पनि बिर्सिने समस्याका कारण ह्याकका घटना बढिरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

यस वर्ष साउनदेखि अहिलेसम्म ब्युरोमा ३ हजार ७८५ वटा फेसबुक ह्याक भएका उजुरी दर्ता भएका छन् । उजुरी दर्तापछि अनुसन्धान गरिने एसपी रायले जानकारी दिए । उनले भने–‘ टेक्निकल्ली अनुसन्धान गर्छौ, अनुसन्धानका लागी सेवा प्रदायक कम्पनीसँग पनि समन्वय गर्छौँ ।’

यस वर्ष साउनदेखि अहिलेसम्म ब्युरोमा ३ हजार ७८५ वटा फेसबुक ह्याक भएका उजुरी दर्ता भएका छन् । उजुरी दर्तापछि अनुसन्धान गरिने एसपी रायले जानकारी दिए ।

पछिल्लो ५ महिनामा सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी दिने ‘हेट स्पिचु’का घटना २२६ वटा दर्ता भएका छन् । हेट स्पिचमा संलग्नहरूलाई विद्युतीय कारोबार ऐन–२०६३ को दफा–४७ अनुसार कारबाही गर्ने गरिएको एसपी रायले जानकारी दिए ।

ब्युरोमा साउन यता १२ वटा प्राइभेसी सम्बन्धी उजुरी दर्ता भएको छ । एक जनाको फोटो वा भिडियो धेरै मानिसहरूलाई पठाएको घटनामा प्रहरीले ‘प्राइभेसी’ भङ्ग गरेको कसुरमा कारबाही गर्ने गरेको छ । ह्वाट्स एपमा सम्पर्क गरेर नाङ्गो बन्न आग्रह गर्ने र भिडियो बनाएर बार्गेनिङ गर्ने घटना पनि ब्युरोमा अनुसन्धान गरिरहेको छ । त्यस्तो घटनालाई प्रहरीले ‘सेक्सर्सन’ भनेको छ । २०८० साउन पछि ६६ वटा सेक्सर्सनका घटना दर्ता भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्