इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण – Janadesh Daily | ePaper

इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण


काठमाडौं  । नेपाल इन्जिनियरिङ परिषदले हालै गरेको इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत परीक्षार्थीहरु सफलतापूर्वक उत्तीर्ण भएका छन्। ५,८२१ जना परीक्षार्थीहरुमध्ये यस परीक्षामा २,७४६ जनाले अत्युत्तम परिणाम प्राप्त गरेका छन्, जुन गत वर्षहरुसँग तुलना गर्दा राम्रो परिणाम हो।

परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले नतिजामा सुधार देखिएको बताए । उनले भने, ‘मिहेनत नगरी नहुने रहेछ भन्ने बुझ्न थालेकोले नतिजामा सुधार आउन थालेको छ ।’

परिषद्ले लिएको पहिलो परीक्षामा जम्मा २८ प्रतिशत र दोस्रोमा ३४ प्रतिशत परीक्षार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए ।

परिषद्ले १५ जना परीक्षार्थीको नतिजा स्थगित गरेको जनाएको छ । परिषद्ले २२ मंसिरदेखि २८ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकमा परीक्षा संचालन गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्