भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण – Janadesh Daily | ePaper

भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण


भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ ।

हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले राससलाई जानकारी दिनुभयो । “भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ÷छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।”

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास ९होम आइसोलेसन०मा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताउनुभयो । “भेरिएन्ट एकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौँ”, उहाँले भन्नुभयो, “दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।”

कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्