फागुन १ देखि ३ गतेसम्म माओवादी केन्द्रको विधान अधिवेशन – Janadesh Daily | ePaper

फागुन १ देखि ३ गतेसम्म माओवादी केन्द्रको विधान अधिवेशन


काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादीको स्थायी समिति बैठकले आगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । प्रतिनिधिमा केन्द्रीय सदस्य, सल्लाहकार, ज्येष्ठ नागरिक मञ्च, केन्द्रीय आयोगहरू, प्रदेशका पदाधिकारी, ७७ वटै जिल्लाका संयोजक, जनवर्गीय सङ्गठन केन्द्रका प्रमुखहरू सहभागी हुनेछन् ।

विधान संशोधनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ७ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमाथि बैठकमा छलफल भएको थियो । २१ दिन छलफलका लागि तल्लो तहसम्म छलफलमा लैजाने भएको छ । पूरक प्रस्तावसहित कार्यदलले एकरुपता दिने तयारी भएको कार्यदल सदस्यसमेत रहेका सचिव साहले बताए । तल्लो तहबाट आएको सुझावसहित मस्यौदामाथि माघ २६ गते बस्ने स्थायी समिति बैठकमा छलफल हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्