सटर बन्द गरेर सडकमा उत्रिए न्यूरोडका व्यवसायी – Janadesh Daily | ePaper

सटर बन्द गरेर सडकमा उत्रिए न्यूरोडका व्यवसायी


न्यूरोडका व्यवसायीहरु सटर बन्द गरेर विरोधमा उत्रिएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीहरु सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।

पार्किङ बन्द हुँदा व्यापारमा असर पर्ने बताउँदै व्यवसायीहरुले सो निर्णय सच्याउन माग गरेका छन् ।

काठमाडौं महानगरपालिकाले यसअघि नै माघ ९ गते देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । महानगरले भने काठमाडौँ टावरमा पार्किङ सुविधा उपलब्ध गराइने बताउँदै न्यूरोड क्षेत्रको कालापत्रे सडकमा पार्किङ निषेध गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्