सेयर बजारमा झिनो अंकको गिरावट, ३ अर्ब ११ करोडको कारोबार – Janadesh Daily | ePaper

सेयर बजारमा झिनो अंकको गिरावट, ३ अर्ब ११ करोडको कारोबार


मंगलबार सेयर बजार परिसूचक नेप्से १.७६ अंकले घटेर दुई हजार ०३३.०६ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, होटल तथा पर्यटन ९, हाइड्रोपावर ८, जीवन बीमा ४२, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ३ र ब्यापार उपसमूह ९ अंकले घटेको छ । त्यस्तै, विकास बैंक १०, फाइनान्स १२, अन्य १९ र उत्पादन समूह ४० अंकले बढेको छ ।

आज ग्रिनलाईफ हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१४ कम्पनीको ९३ लाख कित्ता सेयर ३ अर्ब ११ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्