६.४६ अंकले घट्यो नेप्से, २ अर्ब २४ करोडको कारोबार – Janadesh Daily | ePaper

६.४६ अंकले घट्यो नेप्से, २ अर्ब २४ करोडको कारोबार


बुधबार सेयर बजार परिसूचक नेप्से ६.४६ अंकले घटेर दुई हजार ०२६.५९ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक २४, होटल तथा पर्यटन ३८, हाइड्रोपावर २३, जीवन बीमा २९, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३२, ब्यापार १०, फाइनान्स ४ र अन्य उपसमूह १५ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज उत्पादन समूह भने १६३ अंकले बढेको छ ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु, हिमालयन उर्जा विकास कम्पनी, र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१३ कम्पनीको ६३ लाख कित्ता सेयर २ अर्ब २४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्