आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु – Janadesh Daily | ePaper

आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु


धनुषा। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा कर्णालीबाहेक अन्य छ प्रदेश, नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका आठ टिमका एक सय ४४ खेलाडीको सहभागिता रहने छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता यही फागुन १९ गतेसम्म सञ्चालन हुने छ । खेलकुदमार्फत् देशको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढाउनका प्रतियोगिता आयोजना हुन लागेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५० हजार र ट्रफि, द्वितीय हुनेलाई ट्रफि सहित रु एक लाख र तृतीय हुने टिमलाई ट्रफि सहित रु ५० हजार नगद प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु १० हजार र प्रतियोगितामा रु ५६ लाख १३ हजार खर्च हुने अनुमान रहेको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्