समग्र बैंकिङ क्षेत्रनै त्रसित: सिबिफिन – Janadesh Daily | ePaper

समग्र बैंकिङ क्षेत्रनै त्रसित: सिबिफिन


काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले कर्जा दुरुपयोगको विषयमा बैंकका कर्मचारी पक्राउ परेको घटनाप्रति आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दे सिबिफिनले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारीमाथि भएको धरपकडले समग्र बैंकिङ क्षेत्रनै त्रसित र भयभित बन्न पुगेको बताएको हो ।

सिबिफिनले धितो र कर्जा प्रवाहका विषयमा प्रचलित नियम तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासबारे गहिरो अध्ययन एवं जानकारीबिनै बैंकरमाथि धरपकड भएको आरोप समेत लगाएको छ ।

“धितो र कर्जा प्रवाहका विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन् । विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, बैंकिङ क्षेत्रले समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पुर्‍याइरहेको बताउँदै सिबिफिनले यस क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बन्न पनि आग्रह गरेको छ ।

“कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानूनअनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ”, विज्ञप्तिमा भनेको छ, “व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ ।”

बैंकिङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी सम्भावित जोखिम व्यवस्थापन गर्नु र खराब कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई बेवास्ता गर्दै अनाहकमा कारबाहीको भागिदार बनाइनु न्यायसङ्गत नहुने सिबिफिनको तर्क छ । यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र नभई बिनाधितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा समेत असर पर्ने सिबिफिनले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्