त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा – Janadesh Daily | ePaper

त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा


काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई समेट्दै १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्यस्तै छनोट हुने अन्य खेलाडीमा कुशल भुर्तेल, गुल्शन झा, सागर ढकाल, प्रतिश जिसी, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी र अभिनाश बोहरा छन् ।

नेदरन्यान्ड्स र नामिबियाविरुद्ध खेलेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाह भने टोलीमा समावेश छैनन् । क्यानका अनुसार उक्त शृङ्खलामा हङकङसहित नेपाल र पपुवा न्यूगिनीले सहभागिता जनाउने छन् ।

यही फागुन २६ गते नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक ट्वान्टी ट्वान्टी खेल खेल्ने क्यानले जनाएको छ । त्यस्तै क्यानका अनुसार फागुन २७ गते नेपालले हङकङसँग खेल्नेछ भने २९ गते पपुवा न्यूगिनीसँग खेल्नेछ । त्रिकोणात्मक सिरिजको फाइन खेल भने फागुन ३० गते हुने तालिका छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्