२२ अंकले बढ्यो नेप्से, २ अर्ब ९२ करोडको कारोबार – Janadesh Daily | ePaper

२२ अंकले बढ्यो नेप्से, २ अर्ब ९२ करोडको कारोबार


आइतबार सेयर बजार परिसूचक नेप्से २२.१० अंकले बढेर दुई हजार ०५२.६५ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक ४२, फाइनान्स २५, माइक्रोफाइनान्स १५१, निर्जीवन बीमा १४२, अन्य ४, उत्पादन ६२, जीवन बीमा १८५, ब्यापार १८ र होटल उपसमूह ५८ अंकले बढेको छ । त्यस्तै, आज हाइड्रोपावर उपसमूह ३ अंकले घटेको छ ।

आज विन नेपाल लघुवित्त र जाल्पा सामूदायिक लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज चिरख्वा हाइड्रोपावरको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३०४ कम्पनीको ७० लाख कित्ता सेयर २ अर्ब ९२ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्