सेयर बजारमा हरियाली, नेप्से ५८ अंकले बढ्यो – Janadesh Daily | ePaper

सेयर बजारमा हरियाली, नेप्से ५८ अंकले बढ्यो


मंगलबार सेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । नेप्से ५८.५८ अंकले बढेर दुई हजार १११.२४ विन्दुमा पुगेको छ ।

बैंकिङ ३४, विकास बैंक ८६, फाइनान्स ४२, माइक्रोफाइनान्स १८९, निर्जीवन बीमा ३३८, अन्य २८, उत्पादन १६२, जीवन बीमा ५५७, ब्यापार ४७, होटल २०५ र हाइड्रोपावर उपसमूह २५ अंकले बढेको छ ।

आज जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य, विन नेपाल, स्वाभिमान र जाल्पा लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज मोलुङ हाइड्रोपावरको सेयर सबैभन्दा धेरै साढे २ प्रतिशतले घटेको छ ।

यस दिन ३०५ कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब ५५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्