सामान्य अंकले घटेको नेप्से, ४ अर्ब २४ करोडको कारोबार – Janadesh Daily | ePaper

सामान्य अंकले घटेको नेप्से, ४ अर्ब २४ करोडको कारोबार


बुधबार सेयर बजार परिसूचक नेप्से २.४८ अंकले घटेर दुई हजार १०८.७२ विन्दुमा पुगेको छ ।

बैंकिङ १, होटल तथा पर्यटन ६१, हाइड्रोपावर २८, उत्पादन १०, निर्जीवन बीमा ६१ र ब्यापार उपसमूह ३ अंकले घटेको छ ।  अन्य ८, माइक्रोफाइनान्स १७, जीवन बीमा १०, फाइनान्स ४३ र विकास बैंक उपसमूह १४ अंकले बढेको छ ।

आज माथिल्लो तामाकोशीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज विन नेपाल लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

यस दिन ३१० कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब २४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्