२७.८४ अंकले घट्यो नेप्से, सबै उपसमूह राताम्मे – Janadesh Daily | ePaper

२७.८४ अंकले घट्यो नेप्से, सबै उपसमूह राताम्मे


बिहिबार सेयर बजार परिसूचक नेप्से २७.८४ अंकले घटेर दुई हजार ०८०.८७ विन्दुमा पुगेको छ ।

बैंकिङ १२, होटल तथा पर्यटन ४७, हाइड्रोपावर १६, उत्पादन ७५, निर्जीवन बीमा १८८, ब्यापार २०, अन्य १६, माइक्रोफाइनान्स ८२, जीवन बीमा २८६, फाइनान्स २० र विकास बैंक उपसमूह ५४ अंकले घटेको छ ।

आज स्वाभिमान लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज विन नेपाल लघुवित्त र महिला लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०३ कम्पनीको एक करोड १४ कित्ता सेयर ३ अर्ब ९४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्