मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.साह – Janadesh Daily | ePaper

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.साह


गोदार । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुरप्रसाद साह नियुक्त हुनुभएको छ ।

सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा साहलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा साहको नाम एक नम्बरमा सिफारिस गर्नुभएको थियो ।

प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा साह प्रतिष्ठानका निमित्त उपकुलपति हुनुहुन्थ्यो । गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएपछि प्रतिष्ठानमा उपकुलपति पद रिक्त थियो । रिक्त रहेको पदमा उपकुलपति नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए ।

मन्त्रालयका अनुसार उपकुलपतिका लागि डा रमेशप्रसाद सिंह (सर्लाही), डा योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा पशुपति चौधरी (सुनसरी), डा राजेन्द्रप्रसाद साह (पर्सा), डा गौरीशङ्कर साह (सुनसरी), डा विद्यानाथ यादव (सप्तरी), डा रोहितप्रसाद यादव (रौतहट), डा अङ्कुरप्रसाद साह (धनुषा) र डा सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिनुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्