श्री एयरलाइन्सले ८० सीट क्षमताको दुई वटा जहाज नेपाल भित्र्यायो – Janadesh Daily | ePaper

श्री एयरलाइन्सले ८० सीट क्षमताको दुई वटा जहाज नेपाल भित्र्यायो


श्री एयरलाइन्सले ८० सीट क्षमताको दुई वटा जहाज नेपाल भित्र्याएको छ । एयरलाईन्सले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका दुईवटा जहाज कल साइन ९एन-एनओके र ९एन-एओएल थपेको हो ।

यस अघि संयुक्त राज्य अमेरीकाको होराइजन एयर तथा अलास्का एयरद्वारा संचालनमा रहेका उक्त जहाजमा जडित इन्जिन अन्य जहाजहरु भन्दा दोब्बर शक्तिशाली ५४०० साफ्ट हर्षपावर भएको तथा क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निमिति PWI50A अत्यन्तै भरपर्दो रहेको कम्पनीले जनाएको छ ।

उक्त जहाजहरु श्री एयरलाइन्सका पाइलटहरुद्वारा अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसलैण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुदै अंदाजी १० हजार माइलको दुरी पार गर्दै आज त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा अवतरण भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पुरा गरी उक्त विमानहरुबाट श्री एयरलाइन्सले आफ्ना आन्तरीक सेवाको गन्तव्यहरुमा उडान थप गरी सेवा सुचारु रुपले संचालन गर्दै जाने बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्