नेप्से ४ अंकले बढ्यो, २ अर्ब ६५ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से ४ अंकले बढ्यो, २ अर्ब ६५ करोडको कारोबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ४.७८ अंकले बढेर दुई हजार ०३५.६४ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर ८, अन्य ४, विकास बैंक ६, जीवन बीमा २९, फाइनान्स ९ र उत्पादन उपसमूह १७० अंकले बढेको छ । त्यस्तै, बैंकिङ १, निर्जीवन बीमा ६९, माइक्रोफाइनान्स १८, होटल तथा पर्यटन १२ र ब्यापार उपसमूह ४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढ्पनि आज उन्नती सहकारी लघुवित्त र धौलागिरी लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३१३ कम्पनीको ६६ लाख कित्ता सेयर २ अर्ब ६५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्