दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Janadesh Daily | ePaper

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद अनियमिततामा १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दूरसञ्चार प्राधिकरण नियुक्ति प्रक्रियामा सर्वोच्चको कारण देखाऊ आदेश

अख्तियारले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । एमडीएमएस प्रणाली खरिद प्रकरणमा अख्तियारले प्राधिकरणका निर्देशक/वरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक/उपनिर्देशक रेवतीराम पन्थलाई प्रतिवादी बनाएर विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

त्यस्तै सहायक निर्देशक/उपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशक/उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइराला पनि अनियमिततामा संलग्न भएको भन्दै आरोपपत्र दायर गरेको छ ।

एमडीएमएस प्रणाली खरिद प्रक्रियामा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ हानि पुर्‍याइएको अख्तियारको दाबी छ। अख्तियारले प्राधिकरणका अध्यक्षलगायतका कर्मचारीले आफू तथा परामर्शदाता नुमेरा जेभीलाई गैरकानुनी लाभ र नेपाल दूरसञ्चार प्राधिकरण/नेपाल सरकारलाई हानिनोक्सानी गरे/गराएको हुँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ), (च), (ञ) बमोजिमको कसुरमा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ बिगो माग गरेको छ ।

साथै अख्तियारले फैसला हुँदाको मितिको प्रचलित डलरको विनिमय दरबमोजिमको थप रकमसमेत गणना गरी बिगो माग गरेको छ । अख्तियारले सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी खर्च भएको देखिएको बिगो २३ करोड २० लाख ५९ हजार ३ सय १४ रुपैयाँ प्रतिवादीहरूबाट असुल उपरको मागदाबी गरेको छ। यो समाचार कान्तिपुरमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्