दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु – Janadesh Daily | ePaper

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु


जोहानेसबर्ग। दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।

यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना भएको थियो । एक यात्रुको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

दक्षिण अफ्रिकाका यातायात मन्त्री सिन्डीसिवे सिकुन्गाले मोरिया शहरनजिक भएको यस दुःखद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै सवारी चलाउँदा अत्यन्त सावधानी अपनाउन आग्रह गर्नुभयो ।

उद्धार कार्यका बारेमा प्रहरीले नियमित अद्यावधि विवरण सार्वजनिक गरिरहेको जनाएको छ । दुर्घटनाका बारेमा यथार्थ विवरण भने सार्वजनिक भइसकेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेहरु अधिकाँश इसाई समुदायको ईस्टर पर्वका अवसरमा सहभागीहरु रहेका प्रहरीको भनाई छ । उक्त बस अनियन्त्रित भई पुलबाट झण्डै ५० मिटर तल नदीमा खसेर आगो लागेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्