मैत्रीपूर्ण खेलमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टिम विजयी – Janadesh Daily | ePaper

मैत्रीपूर्ण खेलमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टिम विजयी


काठमाडौँ। नेपाली सेना र सञ्चारकर्मीबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा भएको प्रतियोगितामा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय ९डिपिआर०को टोली १–० गोलले विजयी भयो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । उक्त निर्देशनालय विसं २०५८ चैत २० गते स्थापना भएको थियो ।

प्रतियोगितामा निर्देशनालय टोली संयोजक प्रवक्ता कृष्णप्रसाद भण्डारी र सञ्चारकर्मीका तर्फबाट टोली कप्तान समाचारपत्र दैनिकका सम्पादक दीपक रिजाल हुनुहुन्थ्यो । प्रतियोगितामा सेनाको टोली हरियो रङ र सञ्चारकर्मीको टिम निलो जर्सीमा मैदानमा उत्रिएको थियो ।

निर्देशनालयले सैनिक र सञ्चार जगत्बीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले निर्देशनालय स्थापनाका अवसरमा पछिल्ला वर्ष यस किसिमको प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सैनिक तालिम महानिर्देशक सन्तोषकुमार ढकालले मायाको चिनो प्रदान गर्नुभयो । निर्देशनालयले यस वर्ष स्थापना दिवस समारोह भोलि शुक्रबार गर्दैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्