सामान्य अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार – Janadesh Daily | ePaper

सामान्य अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार


काठमाडौँ । २०८१ सालको पहिलो कारोबारमा सेयर बजार सामान्य अंकले घटेको छ । आतबार सेयर बजार परिसूचक नेप्से २.३५ अंकले घटेर दुई हजार ०२३.३५ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक १६, जीवन बीमा ७१, निर्जीवन बीमा १०९, अन्य ७, होटल तथा पर्यटन १५, र उत्पादन उपसमूह २९ अंकले घटेको छ । त्यस्तै, फाइनान्स २१, हाइड्रोपावर ९, माइक्रोफाइनान्स ७६ र ब्यापार उपसमुह १४ अंकले बढेको छ ।

आज गुराँस लघुवित्तको सेयर १० प्रतिशतले घटेरको छ । समग्रमा बजार घटेको पनि आज सृजनशील लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३२० कम्पनीको ७७ लाख कित्ता सेयर ३ अर्ब ६ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्