टि-ट्वान्टी क्रिकेटमा लुम्बिनीको जित – Janadesh Daily | ePaper

टि-ट्वान्टी क्रिकेटमा लुम्बिनीको जित


काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराउदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सात विकेटले पराजित गरेको हो । जितसँगै लुम्बिनीले तीन खेलमा चार अङ्क जोडेको छ । यसअघि गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको लुम्बिनीले मधेससँग २७ रनले पराजित भएको थियो ।

कर्णालीले प्रस्तुत गरेको ८२ रनको सामान्य लक्ष्य लुम्बिनीले १२ दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि कप्तान देव खेनालले २९ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५१ रन बनाए । यसैगरी मृर्नाल गुरुङले १३ रन जोडदा विराट भण्डारीले अविजित १० रन बनाए ।

कर्णालीका लागि कप्तान दिवान पुनले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनाएको थियो । उसका लागि अर्जुन घर्तीले सर्वाधिक २८ रनको योगादन दिए भने दिवान पुनले १२ तथा दीपेन्द्र रावलले ११ रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्नेक्रममा लुम्बिनीका देव खनाल अविशेक गौतम र वीर मगरले समान दुई–दुई विकेट लिए भने निर्मल गुरुङ, कृष्ण कार्की र नर सार्कीले समान एक९एक विकेट लिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्