संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन – Janadesh Daily | ePaper

संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन


संयुक्त राष्ट्रसङ्घले मङ्गलबार क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ । यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्नका लागि संयुक्त विश्वव्यापी प्रयास हो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्रय विकास कार्यक्रमको नेतृत्वमा पहलले सामाजिक सञ्चारमाध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निगमहरूसहितको सहभागीहरूको एउटा विविध समूहलाई सङ्गठित गर्दछ । यस फराकिलो पहलले महासचिव गुटेरेसको ‘यो सबै विनाश निराशा होइन’ भन्ने महत्त्वपूर्ण सन्देशलाई जोड दिन्छ ।

“धेरै मुलुकमा जलवायु कार्यमा थप महत्त्वाकांक्षी कदम चाल्ने इच्छा छ तर त्यहाँ कुनै उपाय छ भनेर विश्वलाई परिचालन गर्न आवश्यक छ”, ‘सन् २०२५ सम्म एक दशमलव पाँचभन्दा तलको प्रक्षेपण’ कार्यक्रममा गुटेरेसले भन्नुभयो  ।

गुटेरेसले हालैको चरम मौसमी घटना र वैज्ञानिक प्रतिवेदनहरूलाई उद्धृत गर्दै चेतावनी दिनुभयो, “हामीले जे देखिरहेका छौँ त्यो विपत्तिको पूर्वावलोकन मात्र हो, हामीले विश्वव्यापी तापक्रममा दीर्घकालीन वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित नगरेसम्म यसले प्रतीक्षा गरिरहने छ ।”

महासचिवले भन्नुभयो, “एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा अहिले पनि सम्भव छ तर लामो समयसम्म होइन ।” उहाँले सबै मुलुकलाई विशेषगरी जी२० सँग आफ्ना प्रयासहरूलाई तीव्रता दिन आग्रह गर्नुभयो ।

“हामीलाई वित्त प्रवाह गर्न र जलवायु महत्त्वाकांक्षामा वृद्धिलाई सक्षम बनाउन यो वर्ष ठोस कदम चाल्न आवश्यक छ”, उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घ तपाईंलाई समर्थन गर्नका लागि एकजुट भइरहेको छ, कृपया अवसरको लाभ लिनुहोस्, आउनुहोस् मिलेर जलवायु कार्य योजनाहरूको आगामी चरण सार्थक बनाऔँ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्