झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार – Janadesh Daily | ePaper

झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ०.१५ अंकले बढेर एक हजार ९६९.१७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २, फाइनान्स ४७ र उत्पादन उपसमूह ४९ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ५, जीवन बीमा ४०, निर्जीवन बीमा ४४, अन्य १, होटल तथा पर्यटन २२, हाइड्रोपावर ५, माइक्रोफाइनान्स २ र ब्यापार उपसमूह ३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज माई खोला हाइइ्रोपावरको सेयर झण्डै ८ प्रतिशतले घटेको छ ।

यस दिन ३१३ कम्पनीको ७२ लाख कित्ता सेयर २ अर्ब ५३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्