सरकारद्धारा नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ डा शैलेन्द्र गिरीलाई प्रदान – Janadesh Daily | ePaper

सरकारद्धारा नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ डा शैलेन्द्र गिरीलाई प्रदान


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले डा शैलेन्द्र गिरीलाई आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४को पुरस्कार लिँदै  डा शैलेन्द्र गिरी । मे २, २०२४

सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा गिरीलाई आइसिटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मान गरेका हुन् ।

विशेष गरी दाङ जिल्लामा प्राविधिक शिक्षाको जग बसाउन अहम भूमिका निवार्ह गर्नुभएका, राप्ती इन्जिनियङि कलेजका कार्यकारी निर्देशक एवं नेपाल सरकार, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, साविक कर्मचारी प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले सुचना तथा संञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपाल निमार्णको अभियान, मा पुुर्याउनु भएको विशिष्ट योगदानको उच्च मूल्याङकन गर्दै राष्टिय राष्टिय सुचना तथा संचार प्रविधि दिवस २०८१को सु-अवसरमा नगद पुरस्कार सहित National ICT Excellence Award 2024 प्राप्त गरेका छन् । यो पुरस्कारको राशि एक/एक लाख रुपैयाँ रहेको छ ।

सूचना तथा सञ्चार प्रविधिमा योगदान पुर्‍याएबापत विभिन्न सात क्षेत्रका व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिएको हो ।

परिचयः प्युठान जिल्लाको झिमरुक गाउँपालिका दहखोलाका स्थायी निवासी डा गिरीले कम्प्युटर विज्ञानमा पीएचडी गरेका छन् ।

२०५३ सालबाट न्युलाइट उच्च मा।वि। संकरनगर रुपन्देहीमा कम्प्युटर मा.वि.शिक्षकको रुपमा शिक्षण पेशामा आवद्ध गिरीले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राप्ती ईन्जिनियङिकलेज घोराही दाङ, महेन्द्र बहुमखी क्याम्पसमा अध्यापन गरेका छन् । उनले कार्यकारी निर्देशकको रुपमा साविकको कर्मचारी प्रशिक्षण प्रतिष्ठान, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ६ वर्ष सेवा गरेका छन् ।

ई-गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर नीति तथा कानून, आर्टिफिसियल इन्टेलिजेन्स, अनलाइन शिक्षा, प्रविधि व्यवस्थापन, सूचना प्रविधि सम्बन्धी उद्यम लगायतका क्षेत्रमा उहाँका नामबाट स्वदेश तथा विदेशमा धेरै जर्नल लेख प्रकाशित भएका छन् ।

डा गिरीले ‘डाइमेन्सन अफ ई–लर्निङ’ नामक अनुसन्धान पुस्तक प्रकाशित गरिसकेका छन् भने अर्को पुस्तक ‘प्राक्टिसेस अफ डिजिटल गभर्नमेन्ट इन नेपाल’ छिट्टै प्रकाशित हुने भएको छ । डा। गिरीले २८ वर्ष शिक्षण, प्रशिक्षण, अनुसंधानमा बिताएका छन्। उनी क्यान महासंघ नेपालको पूर्व केन्द्रीय सदस्य एवं क्यान महासंघ दाङ शाखाका संस्थापक अध्यक्ष हुन । हाल उनले विद्युतीय शासनमा एआईको प्रयोग विषयमा अनुसंधान गरी रहेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्