मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा आगलागी बढ्यो – Janadesh Daily | ePaper

मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा आगलागी बढ्यो


उलानबटोर। मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना भएको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको छ । आगलागीको यो घटना गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा ३।८ प्रतिशतले बढी हो ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायका अनुसार, कम्तीमा पाँच लाख ४९ हजार १३ हेक्टर जङ्गल र घाँसे मैदान जङ्गली डढेलोबाट जलेको छ । मानवीय लापरबाही नै डढेलोको मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

देशका अधिकांश क्षेत्रमा सुख्खा मौसमका कारण जङ्गल र मैदानमा आगलागीको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणलाई खुला ठाउँमा आगो नबाल्न वा भूइँमा चुरोटका ठुटा नफाल्न चेतावनी दिएको छ ।

मङ्गोलियामा कठोर जलवायु विविधता रहेको छ र यहाँ सामान्यतया वसन्त ऋतुको समयमा सुख्खा र हावाहुरी चल्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्