डाटा चोरी गरेको आरोपमा गुगलविरुद्ध ५९ खर्बको मुद्दा दायर – Janadesh Daily | ePaper

डाटा चोरी गरेको आरोपमा गुगलविरुद्ध ५९ खर्बको मुद्दा दायर


एजेन्सी । गुगलविरुद्ध पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मुद्दा परेको छ । निकै गोप्य भनेर गुगल आफैँले दिएको ब्राउजरबाट प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप गुगललाई लागेको हो ।

क्रोममा ‘कन्ट्रोल, सिफ्ट र एन’ दबाउँदा नयाँ ब्राउजर ‘इन्कगिन्टो’ (प्राइभेट मोड) खुल्छ ।

यो ब्राउजरबाट क्रोममा हेरिएका कुनै पनि कुरा सोही कम्प्युटर वा मोबाइल चलाउने अर्काे व्यक्तिले देख्दैन अथवा गोप्य रहन्छ ।

गुगलले आफैँले समेत ‘इन्कगिन्टो’मा हेरिएका कुराहरूको सर्च हिस्ट्री, भिजिट गरेका वेबसाइटजस्ता कुनै पनि तथ्यांक आफूले संकलन नगर्ने बताएको छ ।

तर, गुगलले यसै ‘इन्कगिन्टो’ मोडबाट प्रयोगकर्ताको डाटा संकलन गरेको आरोप लागेको हो ।

सन् २०१६ देखि ‘इन्कगिन्टो’ प्राइभेट मोडको फिचर प्रयोग गर्दै आएका करोडौँ प्रयोगकर्ताको डाटा गुगलले चोरेको हुन सक्ने मुद्दा दाबी गर्ने बोइज सिलर फ्लेक्सनरले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्