१५ अंकले घट्यो सेयर बजार, २ अर्ब ८९ करोडको कारोबार – Janadesh Daily | ePaper

१५ अंकले घट्यो सेयर बजार, २ अर्ब ८९ करोडको कारोबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.६२ अंकले घटेर एक हजार ९५८.७५ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, फाइनान्स ४२, होटल तथा पर्यटन ८, हाइड्रोपावर १०, उत्पादन १७, अन्य २७, जीवन बीमा ४६, निर्जीवन बीमा ११२, माइक्रोफाइनान्स ७५ र ब्यापार उपसमूह २१ अंकले घटेको छ । त्यस्तै, आज विकास बैंक उपसमूह भने ९ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बोटलर्स नेपाल तराईको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यस दिन ३१० कम्पनीको ६९ लाख कित्ता सेयर २ अर्ब ८९ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्