५ अंकले बढ्यो नेप्से, ३ अर्ब १२ करोडको कारोबार – Janadesh Daily | ePaper

५ अंकले बढ्यो नेप्से, ३ अर्ब १२ करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ५.६३ अंकले बढेर एक हजार ९६६.२३ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक ३२, होटल तथा पर्यटन ३४२, निर्जीवन बीमा १६, अन्य ०.२९, फाइनान्स १४, हाइड्रोपावर ४, र व्यापार उपसमूह २ अंकले बढेको छ । त्यस्तै, उत्पादन ७, जीवन बीमा ४३ र माइक्रोफाइनान्स उपसमूह ३८ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै ओरियन्टल होटल्स लिमिटेडको सेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कुमारी सबल योजनाको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१३ कम्पनीको ७० लाख कित्ता सेयर ३ अर्ब १२ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्