पाँच वर्षमा प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुग्ने – Janadesh Daily | ePaper

पाँच वर्षमा प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुग्ने


काठमाडौँ । सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ ।

राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुग्ने जनाएको हो । हाल नेप्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर रहेको छ ।

यस्तै, नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य राखिएको छ । आयोगले २०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । त्यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य छ ।

मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने आयोगको लग्य रहेको छ । औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्‍याउँदा बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने १६औं योजनाको लक्ष्य छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्