श्रीलङ्काले मेको अन्त्यमा पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने – Janadesh Daily | ePaper

श्रीलङ्काले मेको अन्त्यमा पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने


श्रीलङ्काले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम एसोसिएसन (आइओआरए) व्यापार मञ्चको अध्यक्षतामा पहिलो व्यापार सम्मेलन आयोजना गर्ने विदेश मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत बताएको छ ।

उक्त सम्मेलन सिलोन चेम्बर अफ कमर्ससँगको सहकार्यमा हुने मन्त्रालयले जनाएको छ । ‘सस्टेनिङ ग्रोथ–ब्रिजिङ होराइजन्स’ नामक बिजनेश कन्क्लेभले स्मार्ट कृषि, सूचना तथा सञ्चार प्रविधि (आइसिटी), रसद, पर्यटन, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्यम (एसएमई) विकास र महिला सशक्तीकरणका क्षेत्रमा केन्द्रित हुने बताएको छ ।

मन्त्रालयले यो कार्यक्रममा उद्योगका नेताहरूलाई आइओआरएका सदस्य राष्ट्रहरूमा बलियो आर्थिक साझेदारी र जडानहरू स्थापना गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरेको छ ।

सम्मेलनमा सहभागीहरूले २३ आइओआरए देश र १२ संवाद साझेदार देशका आफ्ना समकक्षीहरूसँग तालमेल निर्माण गर्न विविध व्यापार र लगानीको सम्भावनाहरूमा बढी एक्सपोजर प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसको प्रतिनिधित्व व्यापार प्रतिनिधिमण्डलले गर्ने मन्त्रालयले बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्