नेप्से झिनो अंकले बढ्यो – Janadesh Daily | ePaper

नेप्से झिनो अंकले बढ्यो


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ०.७९ अंकले बढेर दुई हजार ०१८.७६ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक ४४, फाइनान्स ३१, होटल तथा पर्यटन ४२, हाइड्रोपावर १०, जीवन बीमा ४४, उत्पादन २८, निर्जीवन बीमा ९१ र व्यापार उपसमूह २१ अंकले घटेको छ । त्यस्तै, आज अन्य ३ र माइक्रोफाइनान्स उपसमूह १६६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त, जाल्पा सामूदायीक लघुवित्त र सृजनशील लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज माण्डू हाइड्रोपावरको सेयर साढे ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१५ कम्पनीको ८२ लाख कित्ता सेयर ४ अर्ब २३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्