एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी – Janadesh Daily | ePaper

एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी


रुसको मस्कोस्थित रक्षामन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ । रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड क्षेत्रमा छ वटा, ‘ब्ल्याक सि’मा छ वटा र क्रुक्स क्षेत्रमा एउटा ड्रोन नष्ट गरेको जनाएको छ ।

मस्कोस्थित रक्षामन्त्रालयले युक्रेनद्वारा गए राति गरिएको सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको दाबी गरेको छ । जुन रुसी सेनाले पछिल्लो १८ महिनामा अग्रस्थानमा रहेर प्राप्त गरेको ठूलो भू–भाग थियो ।

रुसले गत मे ९–१५ को अवधिमा दुई सय ७८ वर्ग किलोमिटर युक्रेनी भू–भाग नियन्त्रणमा लिन सफल भएको जनाएको छ । अध्ययन संस्थान (आइएसडब्ल्यू)काअनुसार सन् २०२२ को डिसेम्बरको मध्यदेखि हालसम्म गरिएका आक्रमणमध्ये एउटै आक्रमणबाट प्राप्त ठूलो भू–भाग हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्