३३/११ केभी देवनगर सवस्टेशनको मेयर दाहालद्वारा उद्घाटन – Janadesh Daily | ePaper

३३/११ केभी देवनगर सवस्टेशनको मेयर दाहालद्वारा उद्घाटन


काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर ६ देवनगरमा निर्माण भएको ३३/११ केभी २०/२४ एमभीए क्षमताको सवस्टेसनको उद्घाटन गरेकी छिन् । शनिबार एक कार्यक्रमका बीच प्रमुख दाहाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सबस्टेशनको उद्घाटन गरेकी हुन् ।

भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा भइरहेको तीब्र सहरीकरणसँगै विद्युत आपूर्तीमा देखिएको समस्या समधान गर्न देवनगर सवस्टेशन सञ्चालनमा ल्याइएको बताइन् । पश्चिम चितवनको मेघौलीमा पनि ४ विघा क्षेत्रफलमा सवस्टेशन निर्माण गर्न लागिएको उनको भनाई छ ।

‘मेघौलीको सवस्टेशन सञ्चालनमा आएपछि सबै समस्या हटेर जान्छ । उनले भनिन, ‘५० वर्षलाई हेरर भरतपुरको गुरुयोजना निर्माण भएको छ । अबको ५० वर्षसम्म कुनै समस्या आउदैन।’

भरतपुरमा नेपाल विद्युत प्राधिकरणबाट महत्वपूर्ण कामहरु भएको पनि उनले स्मरण गरिन् भरतपुरका मुख्य सहरी क्षेत्र बाईपास रोड, पुलचोक गोन्द्राङ सडकमा भूमिगत विद्युतिकरण, ८० किमिमा स्मार्ट स्ट्रीट लाईट, बासपार्कमा चार्जिङ स्टेशन र फेरि पनि १५० किमी स्ट्रीट लाइटको काम हुन लागेको जानकारी दिइन् ।

उनले उज्यालो भरतपुर बनाउन आउँदो तिहारसम्म स्ट्रीट लाइटको काम सम्पन्न गर्न प्राधिकरणका निर्देशक घिसिङलाई अनुरोध गरिन् । यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरमा प्राधिकरणले कुनै पनि काम गर्दा स्थानीय तहले गर्ने समवन्य देशभरमै उत्कृष्ट पाएको बताइन् ।

भरतपुरलगायत देशका प्रमुख सहरहरुको ५० वर्षिय गुरुयोजना तयार भई त्यही अनुसार काम अगाडि बढाइएको जानकारी दिइन् । भरतपुरमा भइरहको तीब्र सहरीकरणका कारण गुरुयोजनालाई थप परिस्कृत र परिमार्जित गरिएकाले ५० वर्षको लागि विद्युत आपूर्तीको समस्या नहुने गरी बनाइएको सो अवसरमा बताइन् ।

उनले नेपालको ९९ प्रतिशत जनताको पहुँचमा विद्युत पुगेकाले चितवनका केही स्थान अझै पनि विद्युत नपुगेकाले त्यहाँ छिट्टै पुग्ने गरी काम अघि बढाइएको जानकारी दिइन् । माडीको विद्युतमा देखिएको समस्या समधान गर्न छिट्टै नयाँ तार बिच्छाइने उनको भनाइ थियो ।

त्यस्तै माडीको बादरझुलामा पनि विद्युत विस्तारको काम अघि बढाइने बताइन् । सवस्टेशनमा ४ वटा फिडर रहेका छन् । सवस्टेशनले भरतपुर महानगरको वडा नं. ५,६,८,९, १३, १४, १५, २२ र २३ मा गुणस्तरीय विद्युत सेवा वितरण गर्ने छ ।

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेशन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेशनको लागत झन्डै साढे ९ करोड रुपैयाँ रहेको आयोजना प्रमुख सङ्गीता कार्कीले जानकारी दिइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा लगायतले मन्तव्य राखेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्