नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ११ कोरोना संक्रमितको मृत्यु – Janadesh Daily | ePaper

नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ११ कोरोना संक्रमितको मृत्यु


जनादेश, काठमाडौँ ।

कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १० पुरुष र एक महिला गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । मोरङ, पर्सा, बारा, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दोलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्