२७ अंकले बढ्यो नेप्से, ५ अर्ब ८५ करोडको कारोबार – Janadesh Daily | ePaper

२७ अंकले बढ्यो नेप्से, ५ अर्ब ८५ करोडको कारोबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २७.५४ अंकले बढेर दुई हजार ०१२ विन्दुमा पुगेको छ ।

बैंकिङ ४५, विकास बैंक १७, होटल तथा पर्यटन ३०, हाइड्रोपावर ३३, व्यापार ६ र अन्य उपसमूह ८ अंकले बढेको छ । फाइनान्स १२, उत्पादन ३४,जीवन बीमा ८, निर्जीवन बीमा ५६ र माइक्रोफाइनान्स उपसमूह ३० अंकले घटेको छ र

आज सबैभन्दा धेरै सामूदायीक लघुवित्त, बुद्धभूमी नेपाल हाइड्रो, भगवती हाइड्रोपावर र नेरुडे र्मिर्मिर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज उपकार लघुवित्तको सेयर झण्डै साढे ७ प्रतिशतले घटेको छ ।

यस दिन ३१५ कम्पनीको एक करोड ४३ लाख कित्ता सेयर ५ अर्ब ८५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्