खतरामा सरकारी वेबसाइट – Janadesh Daily | ePaper

खतरामा सरकारी वेबसाइट


Internet and online data security system. Laptop computer hacking, and stealing data from mobile smart phone

एजेन्सी । भारतीय ह्याकर समूहले आइतबार बेलुका सवा ५ बजेतिर नेपाल उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गर्याे । त्यसको आधा घन्टाभित्रै वेबसाइट प्राधिकरणकै नियन्त्रणमा आएको थियो ।

GH057_5P3C7P6  नामको ट्विटर हेन्डलबाट सक्रिय भारतीय ह्याकरको समूहले नेपाल उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गरेपछि ट्विटरमा पोस्ट गरेको थियो । प्राधिकरणका आइटी विभागका अधिकारीहरूले ह्याक भएको १५ मिनेटपछि जानकारी पाएको बताएका छन् ।

वेबसाइट ह्याक गरेपछि वेबसाइटमा भारतको झन्डा र ह्याकरले केही वाक्यहरूले लेखेका थिए । त्यसपछि भारतीय ह्याकरले वेबसाइट ह्याक गरेको समाचार जताततै फैलिएकाे थियाे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्