१५ अंकले बढ्यो नेप्से, ५ अर्ब ६८ करोडको कारोबार – Janadesh Daily | ePaper

१५ अंकले बढ्यो नेप्से, ५ अर्ब ६८ करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले बढेर दुई हजार १३१.४९ विन्दुमा पुगेको छ ।

बैंकिङ ४८, विकास बैंक १३ र होटल तथा पर्यटन उयसमूह ९८ अंकले बढेको छ । त्यस्तै, हाइड्रोपावर २२, अन्य १०, फाइनान्स २९, उत्पादन १०, जीवन बीमा ६१, निर्जीवन बीमा ६६, माइक्रोफाइनान्स ५१ र व्यापार उपसमूह ०.१९ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सामूदायीक लघुवित्त र बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज मानुषी लघुवित्त वित्तिय संस्थाको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१८ कम्पनीको एक करोड ४४ लाख कित्ता सेयर ५ अर्ब ६८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्