भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू – Janadesh Daily | ePaper

भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू


गत हप्तादेखि भारतबाट बेपत्ता भएका बङ्लादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ ।

बेपत्ता सांसद अनवारुल आजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्यान्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको बिधाननगरको घरमा अन्तिम पटक देखिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

कोलकाताको बिधाननगरमा बस्दै आएका उहाँ निकट स्रोतका अनुसार आजिमले दिल्ली जाने बताउनुभएको थियो तर मे १३ देखि हालसम्म उहाँसँग सम्पर्क भएको छैन । ढाकामा उहाँको परिवारलाई बिधाननगरका साथीले उहाँ दिल्लीतर्फ जाने बताएको मोबाइल सन्देशमार्फत् जानकारी गराएको बताइएको छ ।

सञ्चारको अभाव अचानक बेपत्ता भएको भन्दै चिन्तित सांसदका पारिवारलगायत सांसदकी छोरीले बुबासँग सम्पर्क गर्न असमर्थ भएको जनाएका छन् । परिवारले बिधाननगरको बारानगर पुलिस स्टेसनमा बेपत्ता भएको उजुरी दिएको छ ।

सांसद् अजिमको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छोरीले बुबासँग कुराकानी गर्न सबै परिचितहरूलाई फोनमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।”

दिल्लीका उच्चायुक्त र कोलकातास्थित बङ्गलादेशी बाणिज्य दूतावासले खोजीका लागि समन्वय गरेपछि भारतीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

सांसदको परिवार र साथीहरूले भारत भ्रमण मुख्यतया चिकित्सा उद्देश्यका लागि भएको बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्