२२ अंकले घट्यो नेप्से, ४ अर्ब ४४ करोडको कारोबार – Janadesh Daily | ePaper

२२ अंकले घट्यो नेप्से, ४ अर्ब ४४ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से २२.१४ अंकले घटेर दुई हजार १०९.३४ विन्दुमा पुगेको छ ।

बैंकिङ १०, विकास बैंक ४८, फाइनान्स ४७, हाइड्रोपावर ४०, अन्य १४, उत्पादन ५६, जीवन बीमा ८३, निर्जीवन बीमा १११, माइक्रोफाइनान्स ८१ र व्यापार उपसमूह ३४ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसमूह भने १७७ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तको सेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज कालिन्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१५ कम्पनीको एक करोड १९ लाख कित्ता सेयर ४ अर्ब ४४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्